डेंगु सङ्क्रमणबाट ७ जनाको मृत्यु



काठमाडौँ । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु सङ्क्रमण हुँदा ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासीनीले हालसम्म ७ हजार ७ सय ३३ जना सङ्क्रमित भएको जनाएका हुन् ।

यो वर्ष जनवरी १ देखि अगस्ट ६ सम्म ७ हजार ७ सय ३३ केस रिपोर्ट रहेको छ । सबै भन्दा बढी केस सुनसरीबाट रिपोर्ट भएको छ।

सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै डा।मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । उनले भने,  ‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिका मासंक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।’

 हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको बताए। डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्