लट्ठी प्रहार गरी सल्यानमा छोराले गरे आमाको हत्या



काठमाडौँ । सल्यानमा एक युवकले लट्ठी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार  उनले मङ्गलवार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लट्ठीले टाउकोमा हानेर आमाको हत्या गरेका हुन् । प्रहरीले छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्