एमालेले सुन तस्करी प्रकरणका विषयमा गृहमन्त्रीलाई संसद्मा बोल्न दिने



काठमाडौँ । सुन तस्करी प्रकरण नेकपा एमालेले अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आए पनि मङ्गलवार भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सो विषयमा कुनै सहमति भएको छैन । एमालेको मागमा सहमति  नभए पनि प्रमुख  एमाले गृहमन्त्रीलाई संसद्मा बोल्न दिन तयार भएको छ ।

उच्चस्तरीय छानबिन समिति गठन गर्छौँ भन्ने आयो भने बैठक अगाडि  बढ्न दिने एमालेको तयारी रहेको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ । नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक र राष्ट्रियसभाको बैठक निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्