प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची छन् ।

मङ्गलवार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो । सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । आज बस्ने भनिएको बैठक पनि एमाले अवरोधका माझमा बस्न सक्ने नसक्ने भने कुनै निश्चित छैन ।

 

464456676

प्रतिक्रिया दिनुहोस्