नेपाल टेलिकमका दश लाख मूल्य बराबरका २० हजार रिचार्ज कार्ड गायव



काठमाडौँ । नेपाल टेलिकमको २० हजार रिचार्ज कार्ड हराएको छ । टेलिकमको दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको हो । टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जनाएको छ ।

ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो ।

newskarkahna-news555380.

प्रतिक्रिया दिनुहोस्