ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति 



काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौँले उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति हाल सीआईबीको हिरासतमा छन् । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्