कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो त्रिविले



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचना त्रिविले निकालेको छ । कक्षा १२ को नतिजा साउनमा आउने भनिएको भए पनि अहिले सम्म आउन सकेको छैन ।

363786037_311357391290129_3004300572087741469_n

प्रतिक्रिया दिनुहोस्