६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ । बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्