प्रहरीले महानगरको डोजरको चाबी खोसेपछि…



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि विवाद उत्पन्न भएको छ । महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबिच  तनावको वातावरण उत्पन्न भएको हो ।

महानगरसँग सीमा जोडिएको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहिवेर तनाव उत्पन्न भएको थियो । महानगर र स्थानीयबिच तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ । त्यस क्रममा प्रहरीले महानगरको डोजरको चाबी खोसेको हो ।

स्थानीयको आक्रोशबिच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनावग्रस्त हुन नदिन डोजरको चाबी खोसिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्