कालिका लघुवित्तको नाफामा ६४ प्रतिशत गिरावट आउँदा प्रतिसेयर आम्दानीमा पनि घट्याे 



काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ६४.०१ प्रतिशतले  गिरावट आएको छ । कालिका लघुवित्तको नाफा घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा  घटेको हो । खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर २५ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा १.०२ प्रतिशत ले बढेर ४.१३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको असार मसान्तमा ३ करोड ८९ लाख १८ हजार रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४९ लाख २ हजार रुपैयाँ पुगेको छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रति सेयर आम्दानी २८ रुपैयाँ ६५ पैसाले घटेर १२ रुपैयाँ ४२ पैसामा आएको छ ।

प्रतिक्रिया दिनुहोस्