वीरगन्जमा सेवा समूह नेपालद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न 



काठमाडौँ । वीरगन्ज महानगरपालिका-२६ मा लागु औषध, साइबर क्रइम, दाइजो प्रथा, वालविवाहको बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका-२६ सुगौली बिर्ता स्थित पब्लिक स्कुलमा सेवा समूह नेपाल र वडा प्रहरी कार्यालयको सहयोगमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम वडा प्रहरीका कार्यालयका वरिष्ठ सई टेक बहादुर कार्कीको आतिथ्ययतामा गरिएको हो । विशिष्ट अतिथिको रूपमा रामगढवा युवा क्लबका अध्यक्ष शिवराज पटेलको उपस्थित रहेको थियो ।

समाजमा बढ्दै गएका आपराधिक कार्यहरू, खराब आचरणहरूलाई निराकरण तथा रोकथाम गर्न कालागि सेवा समूह नेपालले यस्ता कार्यहरु गर्दै आएकाे संस्थाका अध्यक्ष  अनिकेत पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्