कानुनमन्त्री गुरुङको मुटुमा समस्या देखीएपछि मनमोहन कार्डियोमा भर्ना



काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको स्वतथ्यमा समस्या आएपछि आज दिउँसो अस्पताल भर्ना  भएका छन् । गुरुङलाई ब्लड प्रेसर र मुटुको धड्कन कमको समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्