गत आर्थिक वर्षमा विद्युत् प्राधिकरणले १२ अर्ब ३३ करोड नाफा कमायो



काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको १२ अर्ब ३३ करोड नाफा कमाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङको बताए । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रुपैयाँ रहेको घिसिङले बताए ।

प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताए । सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्