तिमीलाई केपि ओलि मन पर्छ, मलाई बोली मन पर्दैन : बालेन शाह 



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूको प्रवृती खराब रहेको रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा  एउटा पोस्ट सेयर गर्दै आफूले नेता नभएर देश मन पर्ने बताएका हुन् । उनले आफ्नो पोस्टमा नेताहरू मन नपर्नुको कारण खुलाएका छन् ।

 उनले पोस्ट गरेको  एक घण्टामा  नै करिब एक लाख मानिसहरूले लाइक गरेका गरेका छन् ।

उनकाे  पोस्ट

मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मन पर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मन पर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मन पर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मन पर्छ ,
तिमीलाई के मनपर्दैछ ?

प्रतिक्रिया दिनुहोस्