९२ प्रतिशतले घट्यो सयपत्री हाइड्रोपावरको नाफा



काठमाडौँ । सयपत्री हाइड्रोपावरले गत आर्थिक वर्षमा ९२ प्रतिशतले नाफा घटेको छ । सयपत्री हाइड्रोपावरले गत आर्थिक वर्षमा कम्पनीले ११ लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४९ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९२।१८ प्रतिशतले घटेको छ।

गत वर्ष कम्पनीको आम्दानी घटेको छ भने खर्च झनै बढेको छ जसले गर्दा नाफा घटेको हो।कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ६४ लाख रुपैयाँबाट घटेर ५ करोड ६० लाख रुपैयाँमा झरेको छ।

हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैसा छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १२ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ९५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्