सेयर बजारमा भारी अङ्कको गिरावट 



काठमाडौँ । साताको तेस्रो कारोबार दिन मङ्गलवार सेयर बजार परिसूचक नेप्से भारी अङ्कले ओरालो लागेको छ । सेयर बजार आज दोहोरो अङ्कको ओरालो लागेको हो । आज मङ्गलवार नेप्से ३१.८० अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै २०४५.४४ विन्दुमा आएको छ ।

आज म्यूचअल फन्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् ।मङ्गलवार २७८ धितो पत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैङ्क डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फन्डसहितका धितो पत्रको आज मूल्य बढेको छ ।हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७।६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्