कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा



काठमाडौँ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी  प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  तथा गण्डकी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै

शुक्रवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश  र गण्डकी प्रदेशको केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

चेतावनी तथा परामर्श

मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी  तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्