प्रतिलिटर १४ रुपैयाँ बढ्यो डिजेलकाे मूल्य  



काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले  स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट मूल्य बढेर आएको भन्दै मङ्गलवार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको छ ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्