राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउँदै



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलो पटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिल थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेल शनिवार वा आइतबार सर्वदलीय बैठक बोलाइने जनाइएका छ । गत शुक्रवार राष्ट्रपति पौडेल र काँग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि यो बिचमा छलफल गरेका थिए । राष्ट्रपति भएपछि रामचन्द्र पौडेल विभिन्न पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्