एमालेका सांसदद्वारा संसद्को सार्वजनिक लेखा समिति बैठक बहिस्कार 



काठमाडौँ । नेकपा एमालेका सांसदहरूले संसद्को सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरू बहिस्कार गरेका हुन् ।

बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरू एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए । तर त्यस बेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको समितिका ज्येष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।

यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए । सभापतिको हैसियतमा रहेका केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्