नेप्सेमा समान्य सुधार 



काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले उकालो लागेको छ ।  पछिल्ला ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, आज उकालो लागेको हो । नेप्से आज  ८.०१ अङ्कले उकालो लागेको हो । बजार उकालो लागेसँगै २०३३.१३ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.०८ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अङ्क र सेन्सेटिभ इण्डेक्स ०.४७ अङ्कले बढेको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी, लिबर्टी इनर्जीको सेयर मूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। अन्य स्टकहरूको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशत बढेको छ। अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२३ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्