सशस्त्रका १२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस



काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा एसपी राजेश उप्रेती, गङ्गाराम श्रेष्ठ, रविराज कर्णजीत, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

बढुवा सिफारिसमाथि चित्त नबुझे सात दिनभित्र उजुरी दिन सक्ने भनिएको छ । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्