रुकुम पश्चिममा दुई जनाको शव फेला



काठमाडौँ । रुकुम पश्चिमका फरक-फरक स्थानमा  दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको छ ।

प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । शव बारे केही खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्