प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन , राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने



काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए भने सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए । त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्