एसिया कप २०२३ का लागि भारतीय टोलीको घोषणा



काठमाडौँ । एसिया कप २०२३ का लागि भारतीय टोली छनोट भएको छ । भारतीय टोलीले १७ सदस्यीय टोली छनोट गरेको छ । ठुलो खबर यो छ कि जसप्रित बुमराह, केएल राहुल र श्रेयस अय्यर टिम इन्डियामा फर्किएका छन्। यससँगै तिलक वर्मा पहिलो पटक एकदिवसीय टोलीमा छनोट भएका छन् ।

टिम इन्डियाले एसिया कपका लागि केही ठूला खेलाडीलाई पनि बाहिर राखेको छ । सबैभन्दा ठुलो खबर यो हो कि युजवेन्द्र चहल मात्र टिममा परेका छैनन् । अश्विनको पुनरागमनको खबर पनि आएको थियो तर त्यो पनि भएन । यति मात्र होइन, टिम इन्डियाले कुनै पनि विशेषज्ञ अफ स्पिनरलाई टोलीमा राखेको छैन।

एसिया कपका लागि टिम इण्डियाः रोहित शर्मा , शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जसप्रीत बुमराह, अक्षर कृष्ण पटेल, फामस , मोहम्मद शमी, मोहम्मद सिराज, सञ्जु सैमसन ।

प्रतिक्रिया दिनुहोस्