२००० भन्दा तल झर्‍यो सेयर बजार परिसूचक नेप्से 



काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ओराला ओरालो लागेको छ । अघिल्लो कारोबार दिन करिब २२ अङ्क घटेर बन्द भएको नेप्सेले आज पनि ओरालो लागेको हो ।

आज बजार घटेसँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक करिब साढे २ महिनापछि २००० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो।

सोमबार नेप्से परिसूचक १२।९३ अङ्क घटेर १९९८.२८ विन्दुमा बन्द भएको छ। त्यसै गरी,  सेन्सेटिभ इण्डेक्स १.५० अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अङ्क घटेको छ।  २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, न सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य  सर्वाधिक ७.९९ प्रतिशत घटेको छ। त्यसै गरी, हिमालयन पावर पार्टनर, भुगोल इनर्जी, बलेफी हाइड्रोपावर लगायतका स्टकहरुको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटलको साढे ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै,वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्