एकीकृत समाजवादी पार्टी सुर्खेत अध्यक्ष एमालेमा प्रवेश



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरू एमालेमा फर्किएका छन् । एमाले महासचिव शङ्कर पोखरेलले उनीहरूलाई पार्टीमा  स्वागत गरेका हुन् । २०७९ मङ्सिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  ।

पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पार्टी विभाजनपछि भने उनी समाजवादीमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्