विद्युत् प्राधिकरणको वनस्थली कार्यालयमा आगलागी



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।विद्युत् प्राधिकरणको तेस्रो तलामा आगो लागेको हो ।

काठमाडौँ महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । काठमाडौँ महानगरपालिकाका एसपी विष्णु जोशीले एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिए ।आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्