माडागास्करको नेशनल स्टेडियममा भाग दौड मच्चिँदा, १२ जनाको मृत्यु, ८० घाइते



काठमाडौँ । माडागास्करको राजधानी अन्टानानारिभोमा एउटा ठुलो दुर्घटना भएको छ । यहाँको राष्ट्रिय रङ्गशालामा भएको भाग दौडमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन् । घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये ११ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रधानमन्त्री क्रिस्चियन न्त्से र राष्ट्रपति एन्ड्री राजोएलिनाले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा सहभागी हुन ५० हजार दर्शकको भीड आएको बताइएको छ । यसै क्रममा भाग दौड भएको थियो । माडागास्करका प्रधानमन्त्रीले हालसम्म १२ जनाको मृत्यु भएको र ८० जना घाइते भएको सञ्चारमाध्यमलाई बताए । यो टूर्नामेंट मेडागास्करको नेशनल स्टेडियममा डिसेम्बर ३ सम्म चल्नेछ ।

मेडागास्करमा यस्तो भएको यो पहिलो पटक होइन। चार वर्षअघि पनि यस्तै घटना बाहिर आएको थियो । सन् २०१९ मा माडागास्करको महामासिना स्टेडियममा यस्तै एउटा कार्यक्रममा भाग दौड मच्चिएको थियो जसमा १५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्