नेपाली बजारमा आज सुनको मूल्य स्थिर



काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने, चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य शुक्रवार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।आज चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ । शुक्रवार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्