लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रवार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो ।

महासङ्घका अनुसार सोमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको महासङ्घका अनुसार थियो

प्रतिक्रिया दिनुहोस्