सेयर बजारमा नेप्सेसँगै घट्यो कारोबार रकम



काठमाडौँ । सेयर बजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि  ओरालो लागेको हो ।

आज नेप्से परिसूचक ५.०५ अङ्कले ओरालो लागेको हो । बजार ओरालो लागेसँगै नेप्से १९९३.४२ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ०.७१ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अङ्क घटेको छ।

अघिल्लो कारोबार दिन ९८ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४ण् लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसै गरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९।९९ प्रतिशत बढेको छ। सेयर मूल्य घटेका स्टकहरूको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा माछापुच्छ्रे बैङ्क शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।लगानी, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरू उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्