देशभर आंशिक देखि सामान्य बदली



काठमाडौँ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार  राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक९दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा,  मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 चेतावनी तथा परामर्श

कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्