६० किलो सुन तस्करी प्रकरण सीआईबीको टोली  हङकङ जाँदै



काठमाडौँ । नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको छ।

यसैबिच सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि सीआईबीले एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाउने भएको हो ।सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाउने  तष्यारी थालेको हो । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ जान लागेका हुन् ।

गत ३ साउनमा हङकङबाट नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला बरामद गरेको थियो।सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्