नेपाली बजारमा सुनको मूल्य बढ्यो



काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने, चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो भने, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

गत शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसै गरी चाँदीको मूल्य १ हजार ४७० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्