६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ



काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरेको सीआईबीले जनाएको छ । नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ।

यो सँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो। अनुसन्धानका लागि सीआईबीले एसएसaपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ।

प्रतिक्रिया दिनुहोस्