फ्रिजमा राखेका यी चिजले बनाउँछ क्यान्सर 



काठमाडौँ । आजको बदलिँदो जीवनशैली र व्यस्तताका कारण खानपानको तरिकामा पनि परिवर्तन आएको छ । अक्सर मानिसहरू या त डिब्बाबंद खानेकुरा हतारमा खान्छन् वा कहिलेकाहीँ खानालाई फ्रिजमा राखेर पछि तताएर खान्छन् तर यो खाना स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ । फ्रिजमा राखिएको खानेकुरा बारम्बार तताउँदा यसको पोषण नष्ट हुने मात्र होइन, यसले धेरै स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । यसले क्यान्सरजस्ता रोगको जोखिम पनि बढाउन सक्छ ।

सन्तुलित दिनचर्या र राम्रो खाना स्वस्थ रहन धेरै महत्त्वपूर्ण छ। तर, कयौँ पटक हामीले स९साना कुरामा ध्यान दिँदैनौँ जुन पछि ठुला रोगको कारण बन्न पुग्छ ।  त्यसो भए जानौँ कस्ता खानेकुराहरू फ्रिजमा राखेपछि र तताएर खाँदा क्यान्सर र अन्य रोगको जोखिम बढ्न सक्छ।

हरियो तरकारी

पोषक तत्त्वले भरिपूर्ण हरियो सागसब्जी स्वास्थ्यका लागि वरदान भन्दा कम छैन । हरियो सागसब्जीमा नाइट्रेट पाइन्छ र यसलाई बारम्बार तताउँदा यसले कार्सिनोजेनिक गुणहरू छोड्छ, जसले क्यान्सरको जोखिम बढाउने विश्वास गरिन्छ ।

चामल

सबैलाई मनपर्ने खानेकुरामध्ये अधिकांश मानिसले भातलाई राती फ्रिजमा राख्छन् र बिहान तताएर खाने गर्छन् । आजकल बासी चामलबाट बनेका धेरै रेसिपीहरु पनि अनलाइनमा उपलब्ध छन् । रिपोर्टका अनुसार भातलाई फेरि तताएर खाँदा फूड पोइजनिङ हुन सक्छ ।

अण्डा
अण्डालाई ओमलेटदेखि उमालेर तरकारी बनाउनसम्म धेरै तरिकाले खाइन्छ र यो पोषक तत्त्वले भरिपूर्ण हुन्छ । अण्डा बनाएपछि तुरुन्तै खानु राम्रो हुन्छ । यसलाई फ्रिजमा तताएर खानु हुँदैन, नत्र यो धेरै स्वास्थ्य समस्याको कारण बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्