प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मेमोरियल अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साथै प्रधानमन्त्री प्रचण्डले लहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।   गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक  विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे ।

 प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै आफ्नै मौलिक दृष्टिकोण थियो । राज्यले आतङ्ककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक समस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहीअनुसार  देउवासँग भेट गराउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्