मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु



काठमाडौँ । उत्तर अफ्रिकाको मोरक्कन सहरमा शुक्रवार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६ दशमलव ८ म्याग्निच्युड मापन गरिएको छ । समाचार एजेन्सी एएफपीले स्थानीय प्रशासनलाई उद्धृत गर्दै भूकम्पका कारण अहिलेसम्म २९६ जनाको ज्यान गएको जनाएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेश सहरबाट करिब ७५ किलोमिटर टाढा एटलस पर्वतमा रहेको ओक्मेडियन नजिक थियो।

भूकम्पको धक्का महसुस हुनासाथ स्थानीय वासीमा त्रास फैलिएको छ । मानिसहरू घर छाडेर सडकमा निस्किए । भूकम्प गएको केही समयपछि सहरका सडकमा धेरै एम्बुलेन्स देखिएको स्थानीय एक व्यक्तिले समाचार संस्थासँग कुरा गर्दै बताए । भत्किएको भवनमा अझै धेरै मानिस पुरिएको आशङ्का छ ।

प्रतिक्रिया दिनुहोस्