सुनको मूल्य तेस्रो दिन पनि घट्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । असोज ५ गते, शुक्रवार सुन तोलामा १०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने लगातार दुई दिनदेखि उकालो लागेको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार १०० रुपैयाँमा झरेको छ । यसै गरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार पनि सुन तोलामा ३०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।साताको अन्तिम कारोबार दिन, चाँदीको भाउ भने वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले महँगिँदा प्रतितोला एक हजार ४२५ रुपैयाँमा किनबेच भएको हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्