राष्ट्रपतिले रकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको ओलीको टिप्पणी 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे कडा टिप्पणी गरेका छन् । राष्ट्रपतिबारे एमाले अध्यक्ष ओलीले सरकारले जे लग्यो, त्यही स्वीकार गर्ने गरेको टिप्पणी गरेका हुन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले अपराधीलाई आममाफी दिएर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको आरोप लगाएका हुन् ।

प्राध्यापकको ढाड भाँच्नेको समेत मुद्दा फिर्ता लिइरहेको भन्दै उनले भने, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्विकार्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्