सुन तस्करी प्रकरण : उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै



काठमाडौँ । ६०.७ केजी सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरूबिच  निरन्तर छलफल चलिरहेको छ । यसअघि शुक्रवार दुई पटक बसेको बैठकमा आयोगको कार्यादेशबारे सत्ता र प्रतिपक्षबिच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन ।

नेकपा एमालेका सचेतक महेश बर्तौला ले भने,‘आइतबार दिउँसो २ छलफलका लागि बोलाइएको छ । दिउँसो २ बजे हामी गृह मन्त्रालय जाँदै छौ ।’ शुक्रवारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सूक्ष्म छानबिन गर्ने गरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो । एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्