प्रदेश अधिवेशनमा प्यानल बनाए उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्ने बताएका छन् । सोमबार काठमाडौँमा बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिएका हुन् ।

उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो ।’ ओलीले भने,  ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढङ्गले लड्न दिनुस् ।  प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिङ्गै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’

उनले अध्यक्ष मण्डललाई त्यो अथोरिटी राखेर काम गर्न पनि निर्देशन दिए । ‘प्यानलमा होइन व्यक्ति लड्छ । प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौँ, बन्द गर्नुस्’, ओलीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्