चीन लागे सन्दीप लामिछाने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् ।

आइतबार साँझ क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रूपमा तयार नभएको बताएका थिए । त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो । सोमबार साँझ चन्दसँगै क्रिकेट सङ्घका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए ।

फैसला जे आए पनि छिटो आए सहज हुने सन्दीपको तर्क रहेको छ । छलफलपछि चीन जान राजी भएका सन्दीप मङ्गलवार बिहानै चीनतर्फ लागेका छन् । एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधवार मङ्गोलियासँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्