
काठमाडौँ । मुस्लिम समुदायहरूको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७९/१२/०९ मा भएकाे निर्णय अनुसार पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते बिहीबारका दिन मधेश प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेश सरकारले मन्त्रिस्तरबाट मिति २०८०/०६/१० मा सो निर्णय गरेको एक सूचना जारी गरी जनाएको छ ।