एमाले अध्यक्ष ओलीले कैद मिनाहा गरेको भन्दै राष्ट्रपति माथि उठाए प्रश्न 



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतङ्कित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ रु किन सम्मानित गरिन्छ ।’संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगन्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।  ओलीले शान्ति प्रक्रियाका बाँकी काम समाधान गर्नको लागी आफूले सक्दो प्रयास गरेको तर आफ्नै सहकर्मी तत्काली  नेकपाका अध्यक्ष प्रचण्डले साथ नदिएको बताएका  छन् । त्यस्तै उनले सरकारले जनयुद्धका दिन बिदा दिने निर्णय गरेकोमा त्यो मान्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्