नेपाली बजारमा बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । असोज १७ गते, बुधवार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ ।

मङ्गलवार भने सुन तोलामा नै एक हजार ३०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो ।  बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा ३० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको थियो । तीन दिनमा चाँदी तोलामा नै ८५ रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्