खराब मौसमका कारण हवाई उडान प्रभावित



काठमाडौँ । खराब मौसमका कारण बुधवार हवाई उडान प्रभावित बनेको छ । बुधवार काठमाडौँ–पोखरा रुटमा कुल ९ वटा उडान प्रभावित भएका हुन् ।

भरतपुरमा समेत बुधवार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।बुधवार तुम्लिङटारका पनि सबै उडानहरू रद्द भएका छन् ।निरन्तरको झरीका कारण  काठमाडौँदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्