जयनगर–बिजलपुरा–बर्दिबास अन्तर्देशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको सञ्चालन



काठमाडौँ । नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबिच जयनगर–बिजलपुरा–बर्दिबास अन्तर्देशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको उद्घाटन गरेका छन् । उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो ।

नेपालका प्रधानमन्त्रीको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । कूल १७।३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् । कूल भारु ७८३।८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिबास अन्तर्देशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ । जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिबास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको छ ।

समारोहमा  मन्त्री ज्वालाले रेल क्षेत्र सहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । उनले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबिचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताए । सोही समारोहमा बोल्ने क्रममा नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबिच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको बताए ।

No description available.

४। यस परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ । यो परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौँ कनेक्टिभिटी परियोजनाहरुकै एक भाग हो । यसले भारत र नेपालबिचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ, जुन भारत सरकारको छिमेकी पहिलो नीतिको महत्त्वपूर्ण अंश हो । No description available.

प्रतिक्रिया दिनुहोस्