एमाले सुदूरपश्चिम अधिवेशन : ३ जनाले लिए उम्मेदवारी फिर्ता 



काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यसै गरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा एक जनाले उम्मेदवारी फिर्ता लिए पनि अझै तीन जनाको उम्मेदवारी कायमै छ । अध्यक्षका लागि अछामकै कृष्णप्रसाद जैशीसहित वचनबहादुर सिंह र भरत साउँदको उम्मेदवारी छ ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेपछि एमाले सुदूरपश्चिमको अधिवेशन लम्बिएको छ । सहमति गर्ने भन्दै निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय सारिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्